आज देशभर कति कोरोना संक्रमित थपिए ?

५ असोज, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ८३० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २१ हजार ५२४ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]