मौसममा सुधार हुँदै, कस्तो रहला आज दिनभरको मौसम ?

२६ भदौ, काठमाण्डौ। मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । देशभरको मौसम शनिबार सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

नेपालमा अहिले भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ । त्यस्तै मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको मौसमविदले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

[sidebar name="button post"]