२३ भदौ, काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
बुधबार अपराह्न बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले नारावाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो। त्यसपछि पुन: सुरु भएको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए। त्यसपछि पनि बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको थियो।
तेस्रोपटक सुरु भएको बैठकमा एमालेको विरोधका बावजुद बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश संसदमा प्रस्तुत गरेका थिए। त्यसको केहीबेरमै सभामुख अग्नीप्रसाद सापकोटाले भदौ २५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन्।












