एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

२३ भदौ, काठमाण्डौ। प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही समय ढिला ४ बजेर ६ मिनेटपछि सुरु भएको थियो। पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोले लगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी गरेका हुन् ।

एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्नि सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । तर एमाले सांसदले नाराबाजी नरोकेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।