काठमाण्डौ उपत्यकामा थपिए ७१९ जनामा कोरोना संक्रमित

१६ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ। त्यस्तै ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३४ हजार १८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।