थप २०५२ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

१६ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

हाल देशभर ३४ हजार १८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।