१५ भदौ, मकवानपुर । वाग्मती प्रदेश सभाका १२ सदस्यले एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरुले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका हुन्।
एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, लक्ष्मण लम्साल, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, रमा आले मगर, कृष्ण खनाल र कुसुमकुमार कार्की रहेका छन्।
अरु सांसदहरु पनि थपिने उनीहरुको दावी छ। निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई यही भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने समय दिएको छ।
सजमावादीको पक्षमा १२ जना उपस्थित भएसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यका अल्पमतमा परेकी छिन्। प्रदेशसभाका एमालेका ५६ जना सांसदमध्ये माधव नेपालको पक्षमा २० जना थिए। त्यसमध्ये १२ जनाले मंगलबार सनाखत गरेका हुन्।
नेपाल पक्षमै रहको पशुपति चौलागाईंको निधन भएको छ भने शाक्यले नेपाल क्याम्प छाडेर मुख्यमन्त्री बनेकी हुन्।












