काठमाण्डौ उपत्यकामा थपिए ४७८ जना कोरोना संक्रमित

१३ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ। त्यस्तै २ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् ।