देशभर थप १३८८ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

१३ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् ।