काठमाण्डौ उपत्यकामा थपिए ७१५ जना कोरोना संक्रमित

१२ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ। त्यस्तै २ हजार २२२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल ३६ हजार ८६६ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।