थप १८५७ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

१२ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ भने कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ।

हाल ३६ हजार ८६६ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।