काठमाण्डौ उपत्यकामा थपिए ७३३ जना कोरोना संक्रमित

१० भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिलामा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ। त्यस्तै १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।