थप २,४३३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

१० भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१ जना गरी २४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।