काठमाण्डौ उपत्यकामा थपिए ७४५ जना कोरोना संक्रमित

९ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।त्यस्तै १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन्।