थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

९ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १,७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।