काठमाण्डौ उपत्यकामा थपिए ७०८ जना कोरोना संक्रमित

७ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४४१, भक्तपुरमा १०० र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ। त्यस्तै १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्।