थप १,८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

७ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन्।