काठमाण्डौ उपत्यकामा थपिए ५६६ जना कोरोना संक्रमित

६ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५६६ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ३९५, भक्तपुरमा ६१ र ललितपुरमा ११० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जना संक्रमितले ज्यान गुमाएका छन्।त्यस्तै २ हजार २४८ जना संक्रमणमुक्त भएका छन्।