थप १,९२० जनामा कोरोना संक्रमण, २,२४८ जना संक्रमणमुक्त, २४ को मृत्यु

६ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने २,२४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। रहेको छ ।

हाल देशभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।