४ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८९८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जना कोरोना संक्रमित थपिएका हुन्।
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जना संक्रमितको मृत्यु भएको छ।
हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।












