थप ३,०४२ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

४ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।