ओलीले आज दिउँसो २ बजे विशेष सम्बोधन गर्दै

३ भदौ, काठमाण्डौ। औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा विशेष सम्बोधन गर्ने भएका छन्।

एमाले भक्तपुरको आयोजनामा हुने कार्यक्रममा ओलीले आफ्ना कार्यकर्तालाई विशेष सम्बोधन गर्न लागेका हुन्। कार्यक्रम आज दिउँसो २ बजे चुनदेवीस्थित इम्पेरियल ब्याङ्क्वेटमा सुरु हुने छ।

वरिष्ठ नेता माधव नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी (नेकपा एमाले समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट ओलीले विशेष सम्बोधन गर्न लागेका हुन्।