बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले लिइन् शपथ

२ भदौ, काठमाण्डौ। बागमती प्रदेशको मुख्यमन्त्री एमाले नेतृ अष्टलक्ष्मी शाक्यले शपथ लिएकी छन्। एमाले विभाजन भएकै दिन बागमती प्रदेशमा मुख्यमन्त्री फेरिएको छ ।

बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् ।

एमाले विभाजन भएसँगै मुख्यमन्त्री डोरमणि पौडेलले शाक्यका लागि मार्गप्रसस्त गरेका हुन्। पौडेलको राजीनामापछि शाक्यले सरकारको नेतृत्व गर्ने अवसर पाएकी हुन् ।

यसअघि पौडेलले दलको नेताबाट राजीनामा गरेसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो ।