काठमाण्डौ उपत्यकामा थपिए ९९३ जना कोरोना संक्रमित

२ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २,१०४ जना संक्रमणमुक्त भएका छन् ।