थप ३४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

२ भदौ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २,१०४ जना संक्रमणमुक्त भएका छन् ।