एमालेले आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची

१ भदौ काठमाण्डौ। नेकपा एमालेले निर्वाचन आयोगमा केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ। आयोगका अनुसार दुई सय तीन सदस्यीय केन्द्रीय पदाधिकारीको संख्या बढाएर दुई सय ६० को नयाँ विवरण पठाएको छ।

आयोगका सचिव सुरेश अधिकारीका अनुसार नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गरिदिन भन्दै एमालेले आयोगलाई पत्र पठाएको हो।

नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।

यसअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट नेताहरूसँग आफू पक्षका नेताहरूलाई अध्यक्ष केपी ओलीले कारबाही गरेर नयाँ नामसहितको विवरण आयोगमा पठाएको बताएका थिए।