काठमाण्डौ उपत्यकामा आज कति थपिए कोरोना संक्रमित ?

३१ श्रावण, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५२२, ललितपुरमा १५४ र भक्तपुरमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् ।