थप २,२१२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

३१ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् ।

हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् ।