काठमाण्डौ उपत्यकामा थपिए ७९५ जना कोरोना संक्रमित

३० श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। त्यस्तै आज १ हजार ३२० जना संक्रमणमुक्त भएका छन्।

देशभर हालसम्म ३९ हजार ४०५ जना सक्रिय संक्रमित छन्।