थप २६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

३० श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६७७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३२० जना संक्रमणमुक्त भएका छन् भने २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

देशभर हालसम्म ३९ हजार ४०५ जना सक्रिय संक्रमित छन्।