काठमाण्डौ उपत्यकामा थपिए १ हजार ८९ जना कोरोना संक्रमित

२९ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जना कोरोना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।

देशभर हालसम्म ३८ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन्।