देशभर थप ३,९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

२९ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।

देशभर हालसम्म ३८ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन्।