२८ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ११३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै गत २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार २९४ जना संक्रमणमुक्त भएका छन्।
देशभर हालसम्म ३८ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।












