थप ३२६० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

२८ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै गत २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार २९४ जना संक्रमणमुक्त भएका छन्।

देशभर हालसम्म ३८ हजार १८० जना सक्रिय संक्रमित रहेका छन्।