२६ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ११८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ। त्यस्तै आज २ हजार ११५ जना संक्रमणमुक्त भएका छन्।
देशभर हालसम्म ३७ हजार ३३२ सक्रिय संक्रमित रहेका छन्।












