फेरि बढ्दै कोरोना संक्रमण : एकै दिन थप ४९०४ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

२६ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ भने २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएका छन्।