काठमाण्डौ उपत्यकामा थपिए ९५९ जना कोरोना संक्रमित

२५ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप ९५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ६२४ जना, भक्तपुरमा १७० जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।