देशभर थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

२५ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।

हाल सक्रिय संक्रमित ३६ हजार २८८ जना रहेका छन् ।