काठमाण्डौ उपत्यकामा थपिए ९१० जना कोरोना संक्रमित

२३ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ५९३ जना, भक्तपुरमा १२८ जना र ललितपुरमा १८९ जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।