देशभर थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

२३ श्रावण, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार २३१ र ४ हजार ७०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९८७ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएका छन्।