नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

२२ श्रावण, काठमाण्डौ। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् ।