काठमाण्डौ उपत्यकामा थपिए ७०१ जना कोरोना संक्रमित

२१ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप ७०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४७१ जना, भक्तपुरमा ८३ जना र ललितपुरमा १४७ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ