देशभर थप ३७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

२१ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १८८५ जना संक्रमणमुक्त भएका छन् ।