२१ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ। त्यस्तै बिहीबार २ हजार १२ जना संक्रमणमुक्त भएका छन्।
देशभर हालसम्म ३४ हजार ४२२ सक्रिय संक्रमित छन्।












