थप ३,९३८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

२१ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २ हजार १२ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् ।