काठमाण्डौमा ९०८ सहित उपत्यकामा थपिए १२७९ जना कोरोना संक्रमित

२० श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप १ हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ।त्यस्तै बुधबार १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्।

देशभर हालसम्म ३३ हजार ४६४ सक्रिय संक्रमित छन्।