फेरि बढ्दै कोरोना संक्रमित : एकैदिन ४१०७ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

२० श्रावण, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।

देशभर हालसम्म ३३ हजार ४६४ सक्रिय संक्रमित छन्। बुधबार १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन्।