काठमाण्डौ उपत्यकामा थपिए ९०४ जना कोरोना संक्रमित

१९ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ६१३, भक्तपुरमा ११४ र ललितपुरमा १७७ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जनाको मृत्यु भएको छ।

देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन्।