देशभर थप ३३८३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

१९ श्रावण, काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जना र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर हालसम्म ३२ हजार ५९ जना सक्रिय संक्रमित छन्।