स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा

१८ श्रावण, काठमाण्डौ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो।

उहाँले आफ्नो १०० दिने कार्ययोजना पनि सार्वजनिक गर्नुभएको छ। त्यस्तै उहाँले राज्यमन्त्रीमा बहाल रहँदासम्म आफ्ना कुनै पनि व्यापार व्यवसायकाे कार्यकारी पदमा पनि नरहने घाेषणा गर्नुभएको छ। ।

मन्त्री पदमा रहँदासम्म श्रेष्ठले संलग्न व्यापार व्यवसायका विभिन्न पद त्याग गरेको घोषणा समेत गर्नु भएको छ।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।